एजेन्सी । न्युजिल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान जोन रिडको निधन भएको छ ।
अलराउण्डर जोनको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
न्युजिल्याण्ड क्रिकेटले जोनको निधन भएको पुष्टि गरेको छ ।
सन् १९४९ देखि १९६५ सम्म न्युजिल्याण्डका लागि खेलेका उनले ५८ टेस्ट खेलेका थिए । जसमा उनले ६ शतक र २२ अर्धशतकसहित ३ हजार ४ सय २८ रन बनाएका थिए ।
यस्तै उनले ८५ विकेट समेत लिएका थिए ।
सन् १९५६ मा उनको पहिलो कप्तानीमा न्युजिल्याण्डले वेस्ट इन्डिजसँगको सिरिज जितेका थिए ।
जोनले २ सय ४६ फस्ट क्लास क्रिकेटमा १६ हजार १२८ रन बनाएका थिए । यस्तै ४ सय ६६ व्केट लिएका थिए ।
उनले थुप्रै पटक घरेलु प्रतियोगिता जित्नुका साथै उत्कृष्ट ब्याट्सम्यान अवार्ड जितेका थिए ।