एजेन्सी । पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तानी क्रिकेट टिम छनोटको प्रमुखबाट राजीनामा दिएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले बुधबार मिस्बाहले खेलाडीको छनोटको प्रमुखबाट राजीनामा दिएको जनाएको छ ।
४६ वर्षीय मिस्बाहलाई बोर्डले गत वर्षको सेप्टेम्बरमा खेलाडी छनोटको प्रमुख र राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
प्रमुख प्रशिक्षकमा केन्द्रित रहनका लागि उनले खेलाडी छनोटबाट राजीनामा दिएको बताईएको छ ।
दुई जिम्मेवारीमा रहदा काम गर्न असहज भएपछि उनले खेलाडी छनोटको प्रमुख पद छाडेको बताईएको छ ।
मिस्बाहले पाकिस्तानका लागि १६ वर्ष अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए ।
मिस्बाहले पाकिस्तानका लागि ७५ टेस्ट खेल्दा १ सय ६२ एकदिवसीय खेलेका छन् ।
यस्तै उनले ३९ टी-ट्वान्टी र २ सय ४२ फस्ट क्लास क्रिकेट खेलेका छन् ।