एजेन्सी । दिल्ली क्यापिटल्सका फास्ट बलर इशान्त शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण बलर शर्माले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
दिल्लीले सोमबार एक विज्ञप्ति निकाल्दै शर्माले आईपीएल गुमाउने जनाएको छ ।
३२ वर्षीय शर्माको पेटको मांशपेशीमा समस्या देखिएको बताईएको छ ।
शर्माले युएईमा जारी आईपीएलमा एक सिजन एक खेल मात्र खेलेका छन् ।
उनले सनसाइजर्स हैदराबादविरुद्ध खेलेका थिए ।
शर्मा चोट बोक्ने दिल्लीका तेस्रा खेलाडी हुन् । यस अघि स्पिनर अमित मिश्राले चोट बोकेका थिए ।
यस्तै ब्याट्सम्यान ऋषब पन्त पनि चोटका कारण एक साता मैदान बाहिर रहने छन् ।