एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका ब्याट्सम्यान ऋषब पन्त एक साता मैदान बाहिर रहने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण पन्त एक साता मैदान बाहिर रहने भएका हुन् । पन्तले राजस्थान रोयल्सविरुद्धको खेलमा चोट बोकेका थिए ।
दिल्लीका कप्तान श्रेयस आयरले पन्त एक साता मैदान बाहिर रहने पुस्टि गरेका छन् ।
'मैले डाक्टरसँग कुरा गरे र उहाले एक साता आराम गर्नु पर्नेछ,' कप्तान श्रेयसले भने, 'आशा छ ब्रेकपछि उनी बलियो भएर आउने छन् ।'
पन्त दिल्लीका लागि यस सिजन सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ६ इनिङ्समा १ सय ७६ रन बनाएका छन् ।
दिल्ली यस सिजन ७ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।