एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा कोलकत्ता आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन् । पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ । कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ५ खेलमा ३ जितसहित ६ अंक जोडेर कोलकत्ता चौंथो स्थानमा रहेको छ ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पन्जाबलाई हराएर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।
तर, पन्जाबविरुद्ध जित निकाल्नकोलकत्तालाई सहज भने छैन ।
किनकी पन्जाब कलकत्तालाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबले यस संस्करण खराब प्रदर्शन गरिरहेको छ । पुछारमा रहेको पन्जाबले ६ खेलमा १ जित मात्र निकालेको छ ।
त्यसैले पन्जाब कोलकत्तालाई हराएर अंक तालिका समेत सुधार गर्न चाहन्छ ।
कोलकत्ताविरुद्ध पन्जाबले राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन् ।
कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ ।