टोटेनहमका डिफेन्डर रायन होफेनहाइममा
सोमबार, १९ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब होफेनहाइमले डिफेन्डर रायन सेसेग्ननलाई लोनमा अनुबन्धित गरेको छ ।
बुन्डेसलिगा क्लब होफेनहाइमले रायनलाई इंग्लिस क्लब टोटेनहमबाट लोनमा अनुबन्धित गरेको हो ।
होफेनहाइमले २० वर्षीय डिफेन्डरलाई एक सिजनको लागि लोनमा क्लब ल्याएको हो ।
इंग्लिस डिफेन्डरसँग सोमबार होफेनहाइमले औपचारिक रुपमा सम्झौता गरेका छन् ।
होफेनहाइममा उनले १७ नम्बरको जर्सी लगाउने छन् ।
रायन गत सिजन फुलहमबाट टोटेनहम आएका थिए । टोटेनहमसँग उनले पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन रायनले टोटेनहमका लागि ८ खेल खेलेका थिए ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


