लिभरपुलका स्ट्राइकर रिहान सेफिल्डमा
शनिबार, १७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले इंग्ल्यान्डका युवा स्ट्राइकर रिहान ब्रेउस्टरलाई अनुबन्धित गरेको छ ।
सेफिल्डले अर्को प्रिमियर लिग क्लब लिभरपुलबाट रिहानलाई अनुबन्धित गरेको हो ।
२० वर्षीय स्ट्राइकरलाई सेफिल्डले २३.५ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो ।
रिहानले सेफिल्डसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लिभरपुलको एकेडेमीमा हुर्किएका रिहानले गत सिजन स्वान्सी सिटीबाट लोनमा खेलेका थिए ।
स्वान्सीका उनले २२ खेलमा ११ गोल गरेका थिए ।
रिहानले सेफिल्डमा २४ नम्बर जर्सी लगाउने छन् ।
रिहानले इंग्ल्यान्डको यू-१६ देखि यू-२१ को टिमबाट खेलिसकेका छन् ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

