एजेन्सी । भारतीय खेल प्राधिकरण (एसएआई)को नयाँ लोगो सार्वजनिक गरिएको छ ।
केन्द्रिय मन्त्री किरेन रिजिजूले बुधबार एसएआईको नयाँ लोगो सार्वजनिक गरेका हुन् ।
खेलकुद प्राधिकरणको लोगो १९८२ पछि पहिलो पटक परिवर्तन गरिएको हो ।
झण्डै ४० वर्षपछि भारतीय खेल प्राधिकरणको लोगो परिवर्तन गरिएको हो ।
लोगो सार्वजनिक गर्दै मन्त्री रिजिजूले आफुले कार्यभार सम्हाल्ने बित्तिकै लोगो परिवर्तनका लागि निर्देशन दिएको बताएका थिए । उनले लोगोलाई धेरै सरल र अर्थपूर्ण बनाउन आफुले अनुरोध गरेको बताए ।
‘नयाँ लोगो छोटो छ तर यसको अर्थ र लक्ष्य ठुलो छ ।’ उनले भने, ‘लोगो कुनैपनि संस्थाको पहिचान हुन्छ ।’
दिल्लीको मुख्य ध्यानचन्द्र राष्ट्रिय रंगशालामा आयोजित कार्यक्रममा खेलकुद सचिव, साईका महानिर्देशक र भारतीय ओलम्पिक कमिटिका अध्यक्ष उपस्थित थिए ।