नाडाल युएस ओपनको चौथो चरणमा प्रवेश
शनिबार, भदौ १६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । साबिकको विजेता तथा विश्व नम्बर एक स्पेनिस राफायल नाडाल युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको तेस्रो चरणको खेलमा रुसका करेन खाचानोभलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै नाडालले चौथो चरणको यात्रा तय गरेका हुन् ।
नाडालले खाचानोभलाई ५-७,७-५,७-६,(९-७) र ७-६ (७-३) को सेटमा हराए । अब नाडालले जर्जियाका निकोलोजविरुद्ध खेल्नेछन् ।
युएस ओपन अन्तर्गत नै क्यानाडाका मिलोस रावनिक र दक्षिण अफ्रिकाका केभिन एण्डरसनले पनि चौथो चरणमा स्थान बनाएका छन् ।
महिलातर्फ सेरेना विलियम्सले चौथो चरणमा स्थान बनाएका छन् । सेरेनाले आफनै दिदि भेनस विलियम्सलाई ६-१ र ६-२ को सेटमा पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






