युनाइटेडका गोलकिपर परेरा हडर्सफिल्डमा
शनिबार, १३ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । च्याम्पियनसिप क्लब हडर्सफिल्डले गोलकिपर जोएल परेरालाई लोनमा अनुबन्ध गरेको छ ।
हडर्सफिल्डले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट परेरालाई लोनमा अनुबन्ध गरेको हो ।
२४ वर्षीय गोलकिपरलाई एक सिजनको लागि अनुबन्ध गरेको हो ।
परेरा युनाइटेडले यस सिजन लोनमा पठाएको चौंथो खेलाडी हुन् ।
डेभिड डे गिया, सर्जियो रोमेरो र लि ग्रान्ट जस्ता गोलकिपर रहेको युनाइटेडमा परेरा टिममा स्थान बनाउन असफल भईरहेका थिए ।
उनले युनाइटेडका लागि मात्र ३ खेल खेलेका छन् ।
तर, उनले लोनमा अन्य थुप्रै क्लबबाट खेलिसकेका छन् ।
पोर्चुगिज गोलकिपर परेराको युनाइटेडसँगको सम्झौता २०२१ सम्म रहेको छ ।







-1767323467090.webp&w=3840&q=75)

-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)

