वाट्फोर्डको पहिलो प्रतिद्वन्दी मिडल्सब्रो
शुक्रबार, भदौ ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
इंग्लिस फुटबल लिगले शुक्रबार सन् २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार सिजनको पहिलो दिन सेप्टेम्बर १२ मा विभिन्न १२ खेलहरु हुनेछ ।
जसमा पिमियर लिगबाट रेलिगेसनमा परेको वाट्फोर्डले घरेलु मैदानमा मिडल्सब्रोसँग खेल्नेछ ।
शीर्ष डिभिजनबाटै घटुवा भएको बर्नेमाउथले ब्लाकबर्नसँग खेल्नेछ ।
प्रिमियर लिगबाटै घटुवा भएको नर्विच सिटीले पहिलो खेलमा हडर्सफिल्डसँग खेल्नेछ ।








-1762856022963.jpg&w=3840&q=75)





