फर्डिनान्डलाई गाडी चलाउन प्रतिबन्ध
मंगलबार, ०२ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्डलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्डका पूर्व डिफेन्डर फर्डिनान्डलाई मंगलबार क्रोली मजिस्ट्रेट अदालतले ६ महिना गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।
फर्डिनान्डले नयाँ मर्सिडिज गाडी तीब्र गतिमा चलाएको भन्दै अदालतले प्रतिबन्ध लगाएको हो ।
७० किमी प्रति घण्टाको गतिमा चलाउनु पर्ने स्थानमा फर्डिनान्डले ८५ किमी प्रति घण्टाको गतिमा गाडी चलाएका थिए ।
जसको कारण उनलाई प्रतिबन्ध गरिएको हो ।
फर्डिनान्डलाई अदालतले ८ सय २२ पाउण्ड जरिवाना समेत गरेको छ ।
लिड्स र वेस्ट ह्यामका पूर्व डिफेन्डर समेत रहेका फर्डिनान्ड पटक पटक गाडी चलाउन प्रतिबन्धमा पर्दै आएका छन् ।
४१ वर्षीय फर्डिनान्ड पछिल्लो समय फुटबल विश्लेषकको रुपमा काम गर्दै आइरहेका छन् ।













-1767335931387.jpeg&w=3840&q=75)