मार्सेलीका थप तीन खेलाडीमा कोरोना
मंगलबार, भदौ २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब मार्सेलीका थप तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
लिग वान क्लब मार्सेलीले मंगलबार थप तीन खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
मार्सेलीले कोरोना पोजेटिभ हुने खेलाडीको नाम खुलाएको छैन ।
तर,फ्रेन्च मिडियाले गोलकिपर स्टिभ माण्डन्डा, म्याक्सीमि लोपेज र भ्यालेन्टिन रोन्गिर रहेको जनाएका छन् ।
यस अघि डिफेन्डर जोर्डन अमाभीलाई कोरोना देखिएको थियो ।
चार खेलाडीमा कोरोना देखिएसँगै मार्सेलीको सिजनको पहिलो खेल रद्द हुने सम्भावना बढेको छ ।
लिग वानको नयाँ सिजनको पहिलो खेलमा मार्सेलीले शुक्रबार सेन्ट इटिनेसँग खेल्नेछ ।











-1762856022963.jpg&w=3840&q=75)

