फाइनल पुग्न पीएसजी र लाइपजिग भिड्दै

एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल कहल आज (मंगलबार) हुँदैछ ।
पहिलो सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ ।
पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।
विजेताले फाइनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ ।
फ्रेन्च क्लब पीएसजी पछिल्लो समय निकै लक्ष्यमा रहेको छ । खेलाडी र टिमको हिसाबले पनि पीएसजी जर्मन क्लब भन्दा बलियो देखिएको छ ।
पीएसजीले क्वाटरफाइनलमा समेत उत्कृष्ट पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई २-१ ले हराएको थियो।
जर्मन क्लबविरुद्ध युवा स्टार केलियन एमबाप्पे प्लेइङ सेटमा रहेर मैदान उत्रने छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले एमबाप्पे सुरुवाती सेटमा खेल्ने बताईसकेका छन् ।
एटलान्टाविरुद्ध एमबाप्पे ३० मिनेट खेलेका थिए । र, पीएसजीको पुनरागमन जितमा उनले उत्कृष्ट खेलेका थिए ।
यस्तै पीएसजीका अर्का फरवार्ड नेयमार समेत लयमा रहेका छन् । तर, गोलकिपर केइलर नाभास भने चोटका कारण मैदान बाहिर रहने छन् ।
तर, सनसनी प्रदर्शन गरिरहेको लाइपजिगविरुद्ध जित निकाल्नु पीएसजीलाई कठिन देखिएको छ ।
लाइपजिगले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-१ ले नै हराएको थियो ।
त्यसैले लाइपजिग समेत उच्च मनोबलका साथ मैदान उत्रनेछ । लाइपजिग पहिलो पटक फाइनल पुग्न चाहन्छ।
लाइपजिग क्लब स्थापनाको ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम चार पुगेको हो ।
याे पनि, ‘एम्बाप्पेको फिटनेसनै पीएसजीलाई पर्याप्त’











-1762856022963.jpg&w=3840&q=75)

