विलियम्स लिभरपुलमै बस्न सहमत

एजेन्सी । लिभरपुलका युवा डिफेन्डर निको विलियम्सले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
१९ वर्षीय राइट ब्याक विलियम्सले सोमबार लिभरपुलसँग नयाँ सम्झौता गरेका हुन् ।
लिभरपुलले डिफेन्डर विलियम्सले लामो समय क्लबमा रहने गरी सम्झौता गरेको जनाएको छ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले कति वर्षको सम्झौता गरेको भन्नेबारे भने केहि खुलाएको छैन ।
वेल्सका यू-२० टोलीका सदस्य विलियम्सले गत अक्टोबरमा सिनियर टिममा डेब्यु गरेका थिए ।
डेब्यु सिजन ५ प्रिमियर लिगसहित १० खेल खेलेका थिए । उनी लिभरपुलले गत वर्ष फिफा क्लब विश्वकप जित्दा समेत टिममा रहेका थिए ।
नयाँ सिजनका लागि लिभरपुलले अष्ट्रियामा प्रि-सिजन तयारी गरिरहेको छ ।
लिभरपुल आउने सिजन पनि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
लिभरपुलले सन् २०१९/२० को सिजन उपाधि जितेको थियो । जुन लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो ।











-1762856022963.jpg&w=3840&q=75)

