बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

छनाेट तयारी – डर कम, उत्साह बढी

बुधबार, साउन २८, २०७७खेलपाटी संवाददाता
छनाेट तयारी – डर कम, उत्साह बढी
Classic Tech Internet Ad

काठमाडौं । सरकारको अनुमतीसंगै राष्ट्रिय पुरुष फुटबल टिमले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना महामारीका कारण चैतबाट स्थगित राष्ट्रिय टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्न लागेको हो । एन्फाले सरकारको सहयोगमा सोमबार र मंंगलबार प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडी सहित ५४ जनाको पीसीआर परिक्षण गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व फुटबलको सर्बाेच्च निकाय फिफाको मापदण्ड अनुसार एन्फाले राष्ट्रिय टिमको तयारी सुरु गर्ने बताएको छ । एन्फाले अभ्यासका लागि ‘प्रोटोगल’ समेत तयार पारेको छ ।

एन्फाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खेलाडीकाे समुह बनाएर अभ्यास गराउने तयारी गरेको छ । प्रशिक्षणका दौरान खेलाडी स्वयमले आफ्ना कपडा लगायत आवश्यक सामाग्री तयार गर्नुपर्नेछ ।

सरकारको अनुमती र एन्फाको तयारीसँगै खेलाडीहरु ५ महिनापछि मैदान फर्कदै छन् । चैत पहिलो साता सकिएको आहा रारा गोल्डकपपछि खेलाडी मैदान उत्रन पाएका छैनन् ।

कोरोना भाईरसले महामारीको रुप लिदै गर्दा मोफसलमा आहा-रारा गोल्डकप सम्पन्न भएको थियो । गोल्डकप चलिरहँदा केही खेलाडी भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरिसकेका थिए ।

Image may contain: 1 person, standing

कोरोनाका कारणले एन्फाले प्रशिक्षण बन्द गरेपछि खेलाडीहरु मैदान उत्रन पाएका छैनन् । मोफसलको खेलसंगै गृह जिल्ला पुगेका राष्ट्रिय टिमका अधिकांश खेलाडी ५ महिनापछि मैदान फर्कन पाउँदा निकै उत्साहित देखिन्छन् ।

विश्वकप छनोटको तयारी सुरु गर्न लागेका खेलाडी प्रशिक्षणमा आफुले शतप्रतिशत दिने बताउँछन् ।

गत चैत १ गते मनाङलाई आहा रारा गोल्डकपको उपाधि दिलाएका स्ट्राइकर अन्जन विष्ट मैदान फर्कन पाउँदा खुसी छन् । उनि भन्छन्, ‘मैदान फर्कन पाउँदा खुसी छु । धेरै समयपछि मैदान फर्कन पाउँदै छौ । जिम्मेवारीमा फर्कन पाउँदा मनमा डर छैन ।’

नेपालले घरेलु मैदानमा विश्वकप छनोटका तीन खेल खेल्न बाँकी छ । नेपालले त्रिपुरेश्वरको दशरथ रंगशालामा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्ने छ ।

राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ कोरोना कहरका बीच निडर भएर अभ्यासमा फर्कने बताउँछन् ।

उनि भन्छन् ‘पीसीआर टेष्ट गरेका छौं । रिपोर्ट आएपछि प्रशिक्षण सुरु हुन्छ । ढुक्क भएर क्वारेन्टिनमा बसेर प्रशिक्षण गर्छाै ।’ 

सन् २०११ बाट निरन्तर राष्ट्रिय टिममा रहेका अनन्तले पछिल्लो पटक गत फागुनमा आहा-रारा गोल्डकप खेलेका थिए । त्यसयता उनी गृहजिल्ला झापामा रहे ।

करिब ५ महिनापछि काठमाडौं आएका अनन्तले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन एन्फाले विशेष ध्यान दिएकाले निडर भएर मैदान फर्कने र अभ्यास गर्ने बताउँछन् ।

‘एन्फा होस्टेलमा रहेर प्रशिक्षण गर्नेछौं । एन्फाबाट आवश्यक स्वास्थ्य सुरक्षा अपनाएको देखिन्छ । एकदमै सुरक्षित भएर अभ्यासमा फर्कदै छौं । निडर भएर मैदान फर्कन्छौ र अभ्यास गछौं ।’ उनी भन्छन् ।

पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेलेको नेपालका लागि 'अवे' खेल खासै उल्लेख्य रहन सकेन । तर चाईनिज ताईपेलाई उसकै मैदान हराएर शानदार जित निकालेको नेपाली टिम घरेलु मैदानमा आत्मविश्वासी देखिन्छ ।

Image may contain: 1 person, text that says "Shie Face NX2 SECURITY KELM"

घरेलु मैदानमा हुने खेलका लागि तयारीमा उत्रन लागेका नेपाली फुटबल टिमका सदस्य पारिवारिक कारणले भने अशहज महशुश गरेका छन् ।

परिवारसँग समय बिताईरहेका आर्मीका फरवार्ड भरत खवास मैदान भित्र आफुलाई सुरक्षित ठानेपछि बाहिरको वातावरणले चिन्तित बनाएकाे बताउँछन् । 

‘पीसीआर परिक्षण गरेका छौं । नेगेटिभ आए सबै खुसी हुन्छौं । यसले थप प्रोत्साहन गर्ने छ र अभ्यासमा फर्कन मनोबल उच्च बनाउने छ ।’ उनले भने ।

‘हाल कोरोना उपत्यकामा निकै बढिरहेको छ । जसले गर्दा अभ्यासमा पनि ध्यान दिन नपाउने हो कि भन्ने चिन्ता छ । परिवारसँग रहँदा ध्यान बाँडिने रहेछ । तर मैदानभित्र शत प्रतिशत दिएर राम्रो गर्नेछाै ।' उनी भन्छन् ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो