एजेन्सी । युएस ओपन टेनिसको दोस्रो चरणमा एन्डी मुर्रे पराजित भएका छन् । लामो समयको बिश्रामपछि ग्रान्डस्लाममा फर्किएका मुर्रे स्पेनका ३१ वरियताका खेलाडी फर्नान्डो भेर्डास्कोसंग ४ सेटको खेलमा पराजित भएका हुन् ।
ब्रिटिस खेलाडी मुर्रेले १४ महिनापछि पहिलो ग्रान्डस्लाम खेलेका थिए । उनी ७–५, २–६, ६–४ र ६–४ को सेटमा पराजित हुन पुगे ।
३१ बर्षिया खेलाडी मुर्रेले खेलमा फर्कने कडा मेहनत गरेका थिए । तर ३४ बर्षिया भेर्डास्कोलाई हराउनकालागि त्यो पर्याप्त हुन सकेन । गत जनवरीमा शल्यक्रियापछि मुर्रेको यो पाँचौ प्रतियोगिता हो ।