‘प्रशिक्षकको जिम्मेवारीले सम्मानित महशुश गरे’

एजेन्सी । युभेन्ट्सका नवनियुक्त प्रशिक्षक आन्द्रे पिर्लोले नयाँ जिम्मेवारीले आफुले सम्मानित गरेको महशुश भएको बताएका छन् ।
प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक सार्वजनीक रुपमा देखिएका पिर्लोले क्लबको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि सम्मानको बिषय भएको बताए ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएसंगै युभेन्ट्सले मुख्य प्रशिक्षक मौरिजियो सरीलाई बर्खास्त गरेको थियो । फ्रान्सेली क्लब लियोनसंग अवे गोलको आधारमा युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
सरीको बर्खास्तसंगै क्लबका यू–२३ टिमका प्रशिक्षक पिर्लो सिनियर टिमको मुख्य प्रशिक्षकमा बढुवा भएका हुन् । उनले क्लबसंग दुई बर्षको सम्झौता गरेका छन् ।
विश्वकप विजेता पिर्लोले समाजिक सञ्जालमा लेखेका छन्, ‘युभेन्ट्सबाट यस प्रकारको सम्मान र विश्वास प्राप्त गरेपछि म निकै प्रसन्न र सम्मानित भएको महशुश गरेको छु ।’
‘यो निकै अद्भुत अवसर हो ।’ उनले थपेका छन् ।
पिर्लो अब एन्टोनियो कोन्टेको प्रतिद्धन्दी भएका छन् । पिर्लोले कोन्टेको नेतृत्वमा युभेन्ट्स र ईटालीबाट खेलेका थिए ।
युरोपा लिगको क्वार्टरफाईनलमा बायर लिभरकुसनसंगको खेल अघि उनलाई मिडिया सामु देख्न पाईने अपेक्षा गरिएको छ ।
पिर्लोले सन् २०१५ मा युभेन्ट्सबाट सन्यासको घोषणा गरेका थिए । सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले सन् २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।









-1767418559420.jpeg&w=3840&q=75)




