सिटीमा बर्नेमाउथका डिफेन्डर
बिहिबार, २२ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले डिफेन्डर नाथन एकेलाई अनुबन्ध गरेको छ ।
सिटीले सेन्टर ब्याक नाथनलाई बर्नेमाउथबाट ४० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
नेदरल्यान्ड्सका डिफेन्डर नाथनले सिटीसँग पाँच वर्षे सम्झौता गरेका छन् ।
सम्झौतापछि २५ वर्षीय नाथनले सिटीबाट खेल्ने आफ्नो सपना पुरा भएको बताए ।
सन् २०१७ मा बर्नेमाउथ आएका नाथनले क्लबका लागि १ सय २१ खेल खेलेका छन् ।
सिटीले यस समर दोस्रो खेलाडीकोको रुपमा नाथनलाई अनुबन्ध गरेको हो ।
यस अघि सिटीले भ्यालेन्सियाबाट विंगर फेरान टोरेस अनुबन्ध गरिसकेको छ ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)
