आयाक्सको खेलाडीसहित १३ जनामा कोरोना
बुधबार, २१ श्रावण २०७७खेलपाटी संवाददाता
एजेन्सी । डच क्लब आयाक्सका खेलाडी र स्टाफ गरी १३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
डच च्याम्पियन आयाक्सले आफ्ना खेलाडीमा कोरोनाको संक्रमण देखिएको पुस्टि गरेको छ ।
आयाक्सका ९० खेलाडी, प्रशिक्षक र स्टाफमा गरिएको परिक्षणमा १३ जनामा कोरोना देखिएको बताईएको छ ।
आयाक्सको संचार प्रमुख मिल ब्रिन्खुइसले टोलीका धेरै खेलाडीमा कोरोना देखिएको बताए ।
तर, उनले अहिले सबै जना कोरोनाबाट मुक्त भईसकेको बताए ।
'यो सत्य हो कि धेरै खेलाडी र स्टाफमा कोरोना पाईएको थियो,' उनले भने, 'म जोड दिन चाहन्छु कि अहिले कोहिपनी कोरोनाको साथमा छैनन् । मंगलबार सबै प्रशिक्षणमा उपस्थित भएका थिए ।
कोरोनाको कारण डच लिग रद्द हुँदा शीर्ष स्थानको आयाक्सले यस सिजनको उपाधि जितेको थियो ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)
