महँङ्गाे खेलमा फुलहम र ब्रेन्टफोर्ड भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि आज (मंगलबार) च्याम्पियनसिपको प्ले अफ खेल हुँदैछ ।
प्ले अफमा दुई लण्डन क्लब फुलहम र ब्रेन्टफोर्ड भिड्ने छन् । खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।
वेम्बलीमा दुवै टिम जित निकाल्दै प्रिमियर लिगमा बढुवा हुने लक्ष्यमा हुनेछन् ।
तर, यस खेल त्यतिमा मात्र सिमित छैन । यस खेललाई फुटबलकै सबैभन्दा महँगो खेलको रुपमा लिइएको छ ।
किनकी यस खेल जित्ने टोलीले बढुवासँगै २० करोड अमेरिकी डलर बढी भित्र्याउने छ ।
यस खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट २० करोड डलरभन्दा बढी पाउनेछ । तर, पराजित हुने टिमको हातमा सुन्य हुनेछ । पराजित हुने टिम फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ ।
गत सिजन रेलिगेसनमा परेको फुलहमले च्याम्पियनसिपको चौथोमा रहदै प्ले अफ खेल्न पाएको हो । त्यसैले ब्रेन्टफोर्डलाई हराएर पुन: प्रिमियर लिग खेल्न चाहन्छ ।
यता, लामो समय दोस्रो डिभिजनमा रहेको ब्रेन्टफोर्ड तेस्रो भएको थियो । ब्रेन्टफोर्ड पछिल्लो ७३ वर्षपछि पहिलो पटक शीर्ष डिभिजन खेल्न चाहन्छ ।
यस सिजन लिड्स र वेस्ट ब्रुम भने शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भईसकेको छ ।








-1767924589079.webp&w=3840&q=75)







