मंगलबार, १९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिलवालको नाममा ओलीको अडान !

मंगलबार, १३ श्रावण २०७७हिम बिक्रम केसी
सिलवालको नाममा ओलीको अडान !

पहिलाे पटक सदस्य सचिवमा नियुक्त भए लगत्तै रमेश सिलवाल । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद ऐन कार्यान्वयनमा आईसकेको थियो । तर राखेप सदस्य सचिवको नियुक्तिको प्रक्रिया सुरु भैसकेको थिएन । खेलकुदमन्त्री जगत विश्वकर्माले नयाँ सदस्य सचिवको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुरा राखे ।

सरकारको नेतृत्व जोगाउने कसरतमा लागेका ओलीले धेरै कुरा त गरेनन्, तर रमेश सिलवाललाई पुन नियुक्तिको प्रक्रिया थाल्न प्रष्ट निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसंगै खेलकुद मन्त्रीले नयाँ सदस्य सचिवको नियुक्तिको प्रक्रिया अघि बढाए । ऐन अनुसार सिफारिस समिति गठनदेखि खुल्ला दर्खास्त आह्वानसम्मको रमाईलो प्रहसन घरेलु खेलकुदमा पहिलो पटक देख्न मिल्यो । समिति गठन गरे लगत्तै खेलकुद मन्त्रीले प्रष्टसंग भनेका थिए, ‘को नियुक्ति गर्ने भन्ने हाम्रो हातमा छैन । बाँकी दुई जना राम्रा उम्मेदवार सिफारिस गर्ने कोशिश गर्नुहोला ।’

ऐनलेनै सदस्य सचिव नियुक्तिको अधिकार मन्त्रीपरिषद् अर्थात प्रधानमन्त्रीलाई दिएपछि नियुक्तिको सम्पूर्ण प्रक्रिया तपशिल थिए । प्रधानमन्त्रीसंग परामर्श गरेर सदस्य सचिवमा सिलवालले निवेदन दिएपछि सबै ‘पिक्चर क्लियर’ भैसकेको थियो । तर सिलवाललाई सदस्य सचिवमा नियुक्ति गर्न प्रधानमन्त्री ओलीलाई अघिल्लो पटक जस्तो सहज पक्कै रहेन ।

हुन त नेपाली खेलकुदले पञ्चायत कालमा दरबारकै छत्रछायाँमा संस्थागत आकार ग्रहण गर्यो । दरबारकै हर्ताकर्ता खेलकुदको नेतृत्वकर्तामा आए, शासन चलाए । देशको सम्पूर्ण शक्तिकै दरबारमा रहेको समय नारायणहिटीले पठाएका ब्यक्ति खेलकुदमा त्यसै शक्तिशाली हुनेनै भए । प्रजातन्त्रको पुनर्स्थापना र गणतन्त्रको आगमनसंगै खेलकुदको रुपमा र सारमा खासै परिवर्तन देखिएन ।

सदस्य सचिवको नियुक्ति राजनीतिक शक्ति केन्द्रको हातमा पुग्यो । राजनीतिक नेतृत्वले आफ्ना आसेपासे, विश्वास पात्र र ईच्छाएको ब्यक्तिलाई बकसको रुपमा राखेपको सदस्य सचिवको रुपमा नियुक्ति दिन थाले । त्यही दिनबाट खेलकुदको ओरोलो यात्रा सुरु भएको धेरैको बुझाई छ ।

यसपटक सदस्य सचिव नियुक्ति प्रक्रियामा सिलवालको निवेदनसंगै सत्तारुढ दल नेकपाका अधिकांश नेता उनको विपक्षले खुलेरै लबिङमा उत्रिएका थिए । सत्तारुढ दलका नेकपाको खेलकुद महासंघका अधिकांश नेताले आन्तरिक राजनीतिमा आफ्नो समूह बलियो बनाउन सिलवाल बाहेको पात्र खोज्नुपर्ने ओलीलाई सुझाव दिएका थिए ।

खेलकुदमा ओली समूहको राजनीति स्थापित गर्न महासंघकै नेतालाई अघि सार्नुपर्ने अधिकांशको मत थियो । उम्मेदवारको रुपमा आएका लिलबहादुर थापा मगरदेखि मेघराज पौडेललाई सदस्य सचिवमा नियुक्त गर्नुपर्ने नेताहरुको राय थियो । प्रधानमन्त्री ओली निकट सांसद कर्ण थापादेखि टोपबहादुर रायमाझीसम्मले खेलकुद संगठन भित्रकै ब्यक्तिलाई नियुक्ति दिनुपर्ने अन्तिम समयसम्म लबिङ गरेका थिए ।

आसन्न महाधिवेशनमा खेलकुद महासंघको भोटदेखि आन्तरिक राजनीतिकको ईतिवृत्तान्त नेताहरुले ओलीसामु राखेका थिए । तर प्रधानमन्त्री ओली कत्ति पनि गलेनन् ।

उनले १३ औं साग आयोजनामा सिलवालले खेलेको भुमिकाको प्रशंसा मात्र गरेनन्, खेलकुदमा सिलवालको आवश्यकता र औचित्यको प्रष्ट्याउन धेरै समय खर्चिए ।

यस पटक सदस्य सचिव नियुक्तिमा सितल निवासले फरक राय राख्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि सिलवाललाई दिनुभन्दा अन्य ब्यक्ति हेर्न प्रधानमन्त्रीलाई सुझाएकी थिईन् । तर प्रधानमन्त्री ओली टसको मस देखिएनन् । पाटी भित्र घेराबन्दीमा परेका ओलीलाई राष्ट्रपतिले थप दबाब त चाहिनन् तर दोस्रो पटक पनि सिलवाललाई सिफारिस गर्न नहुने उनको मनसाय थियो ।

अटुट सम्बन्ध

तत्कालिन एमालेको राजनीतिमा प्रधानमन्त्री ओलीको सहयात्री थिए, सिलवाल । ओली युवा संघको संस्थापक अध्यक्ष हुँदा सिलवाल सचिव भएर काम गरेका थिए । तर सिलवालको राजनीति धेर अघि बढेन । अध्ययन पृष्ठभूमीका सिलवाल शैक्षिक व्यवसायतर्फ मोडिए । नीजि विद्यालयको व्यवसायमा अपार सफलता हासिल गर्दै अघि बढेका सिलवालले कठिन अवस्थामा पाटी राजनीतिमा ओलीलाई आर्थिक रुपमा धेरै भरथेग गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा माधव नेपालसंग पराजित बनेपछि ओली पाटी भित्र निकै कमजोर देखिएका थिए । आन्तरिक राजनीतिमा कमजोर देखिएपछि ओलीले एनजीओको रुपमा मदन भण्डारी फाउन्डेशन दर्ता गराए । समाजिक विकासमा सहयोग गर्ने उल्लेख गर्दै फाउन्डेशन दर्ता गरेपनि त्यसको भित्री उद्धेश्य आफ्ना विचार समूहका नेता कार्यकर्तालाई संगठित गर्ने मुल उद्धेश्य थियो ।

फाउन्डेशन अन्तर्गत मदन भण्डारी स्पोर्ट्स एकेडेमी बन्यो, अध्यक्षको जिम्मेवारी रमेश सिलवालले पाए । एकेडेमी अन्तर्गत रहेर सिलवालले खेलकुद गतिविधि अघि बढाए । पाटी कार्यक्रममा खासै फोरम नपाउने ओलीलाई स्पोर्टस एकेडेमी आफ्ना विचार राख्ने थलो बन्यो । झण्डै एक दशक नबित्दै ओली तत्कालिन एमालेमात्र नभएर राष्ट्रिय राजनीतिकै केन्द्रमा आए ।

पाटीभित्र बलियो अवस्थामा पुगेपछि ओलीले खेलकुद महासंघमा आफ्नो प्रभाव विस्तार गरेनन्, खेलकुद राजनीतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई अघि बढाउन खोजेको देखिन्छ । नेकपाको आन्तरिक राजनीतिमा ओली समुहको नेतृत्व स्थापित रहेसम्म खेलकुद राजनीतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीकै बोलाबाल देखिने प्रष्ट छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल