काठमाडौं । आयोजक एलए स्कुलका सलोनी थापा र राधा यादवको जोडीले ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
सलोनी र राधाको जोडीले गल्र्स युगल १४ तर्फ मंगलबार आयोजककै सुभाङ्गी र हर्षिताको जोडीलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।
प्रतियोगिताको ब्वाईज युगल १४ तर्फ सेन्ट जेभियरका अदित सुवेदी र इभाएकको जोडीले पुलिसका चिराग थापा र सफल श्रेष्ठको जोडी माथी ६-०, ६-३ को सेटले पराजित गर्दै स्वर्ण हात पारे ।
यसै गरि स्वर्ण हात पार्ने क्रममा ब्वाईज यु ९ एकलमा मा सेन्ट जेभियरका निसाद जोशीले कस्मिक ईन्टरनेशनलका हर्षित पन्तलाई ५-३, ४-१ले पाखा लगाउँदै स्वर्णमा नाम लेखाए । गल्र्स तर्फ युनिभर्सलकी समृद्धि महर्जनले टिबिएसकी साईभि ढकाललाई ५-४, ४-२ ले पराजित गर्दै स्वर्ण जितिन् ।
हात्तिवनस्थित एलको कोर्टमा भएको प्रतियोगिताको ब्वाईज यु १० मा केन्द्रिय बिद्यालयका राजविर मानन्धर फाईनल प्रवेश गरे । उनले नेपाल पुलिसका मन्थम जोशीलाई ४-६, ६-३, १०-५ ले पराजित गर्दै फाईनल यात्र सहज बनाए । यस्तै गल्र्स तर्फ सेन्ट जेभियरकी आध्या पौडेलले टिभिएसकी साभी ढकाललाई ६-१, ६-२ ले पराजित गर्दै फाईनलमा स्थान बनाईन् ।
यसै गरि ब्वाईज यु १४ एकल तर्फ नेपाल पुलिसका चिराग थापा र सेन्ट जेभियरका आरभ सिंह हाडाले फाईनलमा उपाधीको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । चिरागले सेमिफाईनलमा सेन्ट जेभियरका ईभायकमाथी ६-४, ६-२ ले र आरभले आफ्नै स्कुलका अदित सुवेदीलाई ७-५, ६-० ले पराजित गरे ।
प्रतियोगिताको यु १२ एकल तर्फ आयोजक एलएकी सुभाङ्गी लक्ष्मी शाह फाईनल प्रवेश गरिन् । शाहले आफ्नै स्कुलकी रोशनी लामाबाट वाकओभर प्राप्त गर्दै फाईनल प्रवेश गरेकी हुन् ।