एजेन्सी । घरेलु टोलि इंग्ल्यान्डले दोस्रो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिजलाई जितका लागि ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टेष्टको पाँचौं दिन सोमबार इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै वेष्ट इन्डिजलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए । वेष्ट इन्डिजका केमार रोचले २ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो ।
पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतकीय इनिङ्स खेले । स्टोक्सले १ सय ७६ रनको शतकीय इनिङ्स खेल्दा सिब्ले १ सय २० रन बनाए ।
त्यस्तै जोस बट्लरले ४० रन जोड्दा डम बेस ३१ रनमा अविजित रहे । कप्तान जोय रुटले २३ र रोरी ब्रुन्सले १५ रन बनाए ।
वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए ।
पहिलो इनिङ्समा वेष्ट इन्डिजले अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो । उसका लागि क्रेग ब्रेइथवेटले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा शाम्रह ब्रोक्सले ६८ रन बनाएका थिए ।
यस्तै रोस्टन चेसले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र क्रिस वोक्सले ३/३ विकेट लिएका थिए । साम करनले २ विकेट लिए ।
पहिलो टेष्ट गुमाएको इंग्ल्यान्डलाई दोस्रो टेष्ट जित्नै पर्ने दबाब रहेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।
सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित बाहेक अन्य बिकल्प रहेको छैन ।
यता, वेष्ट इन्डिज भने दोस्रो टेष्ट जित्दै सिरिज आफ्नो बनाउन चाहन्छ ।