एजेन्सी । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बलर जोफ्रा आर्चरलाई जरिवाना गरेको छ ।
कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि बोर्डले आर्चरलाई जरिवाना गरेको हो।
बोर्डले शनिबार एक विज्ञप्ति निकाल्दै आर्चरलाई जरिवाना गरिएको जनाएको छ । जरिवाना रकम भने बोर्डले खुलाएको छैन ।
यस्तै बोर्डले आर्चरलाई लिखित चेतावनी समेत दिएको छ ।
घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्धको सिरिज चलिरहेको बेला उनले नियम उलंघन गरेको बताईएको छ ।
कोरोना भाईरसको कारण सिरिज जैविक रूपमा सुरक्षित बनाउन टेष्ट बन्द रंगशाला भईरहेको छ । खेलाडीले अनिवार्य रुपमा'बायो-सेक्योर प्रोटोकल' नियम पालना गर्नु पर्नेछ ।
तर, आर्चर पहिलो टेष्ट सकिएपछि नियम उलंघन गर्दै घर गएका थिए ।
जसको कारण उनले बिहीबारबाट जारी दोस्रो टेष्ट खेल समेत गुमाएका छन् । उनलाई बोर्डले टिमबाट हटाएको थियो ।
आर्चर अहिले पाँच दिनको आईसोलेसनमा रहेका छन् ।