एजेन्सी । अष्ट्रेलियाका पूर्व टेष्ट क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का म्याच रेफ्री बर्री जर्मनको निधन भएको छ ।
अष्ट्रेलियाको कप्तानी समेत गरेका जर्मनको ८४ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
क्रिकेट अष्ट्रेलियाले पूर्व विकेटकिपर जर्मनको निधन भएको पुस्टि गरेको छ ।
उनले अष्ट्रेलियाका लागि १९ टेष्ट खेलेका थिए । इंग्ल्यान्ड भ्रमणको दौरान सन् १९६८ मा उनले एक खेलमा अष्ट्रेलियाको कप्तानी गरेका थिए ।
जर्मनको १९ टेष्टमा ४ सय रन बनाएका थिए ।
क्रिकेट अष्ट्रेलियाले उनको निधनप्रति समवेदना समेत व्यक्त गरेको छ ।