एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन यूएईमा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को शीर्ष परिषद्को अनलाईन बैठकले आईपीएल यूएईमा सञ्चालन गर्ने बिषयमा छलफल गरेको छ ।
अष्ट्रेलियामा अक्टोबर र नाभेम्बरमा हुने तय गरिएको टी–२० विश्वकप रद्ध हुने आधिकारिक घोषणा गरेपछि आईपीएलको बारेमा निर्णय गरिने भएको छ ।
आईसीसीको आगामी सोमबार बस्ने बोर्ड बैठकले यसबारे निर्णय गर्ने बताईएको छ ।
बीसीसीआईको शीर्ष परिषद्को बैठकमा यस बर्षको आईपीएलको आयोजनाका लागि यूएई उपयुक्त हुने बिषयमा छलफल भएको थियो ।
ह्वाई सेवा र चिकित्सा सेवाको राम्रो व्यवस्थाको कारण यूईएमा आईपीएल गर्न सकिने राय सदस्यले राखेका छन् । यूएईमा क्वारेन्टिनको अवधि कटौटी गर्न समेत सम्भव हुने देखिएपछि सबैको ध्यान खिचिएको हो ।
सन् २०१४ को लगभर आधा आईपीएल यूएईमा खेलाईएको थियो । सो क्रममा स्थानीय बोर्डले खेलका लागि राम्रो व्यवस्था गरेको थियो ।
बैठकमा आईपीएल ५–६ साताको आयोजना गर्ने बिषयमा समेत छलफल भएको छ । छोटो समयको प्रतियोगिता सेप्टेम्बर अन्तिमदेखि नोभेम्बरको सुरुवातसम्म गर्न सकिनेछ ।
आईपीएल मार्च २९ बाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको छ ।