एजेन्सी । रोमानियाकी विश्व नम्बर एक महिला खेलाडी सिमोना हालेप युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
लुइस अम्स्ट्रोङ स्टेडियममा सोमबार भएको खेलमा हालेप स्टोनियाकी काया कानेपीसंग पराजित भईन् । हालेपलाई ४४ औं वरीयताकी कानेपीले ६ – २ र ६ – ४ को सोझो सेटमा पराजित गरे ।
योसंगै फ्रेन्च ओपन च्याम्पियन हालेपले लगातार बर्ष युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिनु परेको छ । २६ बर्षीय हालेप गतबर्ष पनि मारिया सारापोभासंग पहिलो चरणमै पराजित भएकी थिइन् ।
शीर्ष वरीयताकी हालेपलाई हराएसंगै कानेपीले दोस्रो चरणको यात्रा तय गरेकी छिन् । कानेपीले गत बर्ष क्वाटरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।