एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा स्पेनले अग्रता बनाएको छ । फिस्ट ओलम्पिक रंगशालामा जारी खेलमा स्पेन पोर्चुगलविरुद्ध ३ - २ अघि रहेको छ ।
पोर्चुगलले दुई पटक लिएको अग्रता उल्टाएर स्पेनले अग्रता कायम गरेको हो । स्पेनको लागि डिएगो कोष्टाले दुई तथा नाचो मोनरियलले एक गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।