पाउल स्टिलिर्ङ आयरल्याण्डको उपकप्तान
शुक्रबार, असार ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । ओपनर ब्याट्सम्यान पाउल स्टिलिर्ङ आयरल्याण्ड क्रिकेट टिमका उपकप्तान चयन भएका छन् ।
क्रिकेट आयरल्याण्डले शुक्रबार २९ वर्षे स्टिलिर्ङलाई उपकप्तान नियुक्त गरेको हो ।
आयरल्याण्डको कप्तान भने एन्ड्रयु बलब्रिनी रहेका छन् । उनी सन् २०१९ बाट आयरल्याण्डका कप्तान चयन भएका हुन् ।
सन् २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका स्टिलिर्ङले आयरल्याण्डका लागि ११७ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।
स्टिलिर्ङले आयरल्याण्डबाट एक टेष्ट समेत खेलेका छन् ।
स्टिलिर्ङले नेपालमा टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट समेत खेलेका छन् ।







-1763733911749.jpg&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)

-1763772456514.webp&w=3840&q=75)


