एजेन्सी । इंग्ल्यान्डको महिला क्रिकेट टिम सोमबारबाट प्रशिक्षणमा फर्कने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले महिला टिमका खेलाडी सोमबारबाट प्रशिक्षणमा फर्कने जनाएको छ ।
तर, सुरुवातमा खेलाडीहरु व्यक्तिगत प्रशिक्षणमा रहने बताईएको छ । २४ खेलाडीले विभिन्न ६ स्थानमा व्यक्तिगत प्रशिक्षण गर्ने छन् ।
इंग्ल्यान्डको महिला टिमले कोरोनाको कारण गत मार्च १ बाट खेलेको छैन । तर, इंग्ल्यान्डले आगामी सेप्टेम्बरमा दक्षिण अफ्रिकासँग सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
भारतविरुद्ध जुन र जुलाईमा तय भएको सिरिज भने स्थगित भईसकेको छ ।
इंग्ल्यान्डको पुरुष टिमले मे बाट प्रशिक्षण थालिसकेको छ ।
पुरुष टिमले वेष्ट इण्डिजसँग जुलाई ८ बाट तीन टेष्टको सिरिज खेल्नेछ ।