एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्भावित प्रशिक्षकको रुपमा हेरिएका भारतीय प्रशिक्षक लालचन्द राजपुत जिम्बावेकै प्रशिक्षक रहने भएका छन् ।
जिम्बावे क्रिकेटले बिहीबार प्रशिक्षक राजपुत थप एक वर्ष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने जनाएको छ ।
प्रशिक्षक राजपुतले समेत आफु सम्झौता रहेसम्म जिम्बावेकै मुख्य प्रशिक्षक रहने बताएका छन् ।
५८ वर्षीय राजपुत नेपाली क्रिकेट टिमका प्रशिक्षक बन्न सक्ने आँकलन भईरहेको बेला राजपुतले जिम्बावेकै प्रशिक्षक रहने बताएका हुन् ।
जिम्बावे क्रिकेटसँग राजपुतको सम्झौता २०२१ को सेप्टेम्बरसम्म रहेको छ ।
'२०२१ सेप्टेम्बर सम्म मेरो सम्झौता रहेको छ । त्यो अगाडी छाड्ने कुरा मैले सोचेको छैन,' उनले भनेका छन् ।
राजपुत अहिले भारतमा रहेका छन् । मार्चमा कोरोना भाईरसका कारण लगाईएको लकडाउनले गर्दा उनी भारतमै रहेका हुन् ।
तर, जिम्बावे उनलाई चाडै हरारे फर्काउन चाहन्छ ।
जुलाई र अगष्टमा अफगानिस्तानसँग हुने भनिएको सिरिजका लागि जिम्बावेले उनलाई चाडै फर्काउन खोजिएको हो ।