स्कटल्याण्ड र अष्ट्रेलियाबीचको सिरिज रद्द
बिहिबार, असार ४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम स्कटल्याण्ड र अष्ट्रेलियाबीचको एक खेलको टी-ट्वान्टी क्रिकेट रद्द भएको छ ।
कोरोना भाईरसको महामारीको कारण जुन अन्तिममा तय भएको टी-ट्वान्टी रद्द भएको हो ।
दुई टोलीबीच जुन २९ मा खेल्ने तालिका रहेको थियो । तर, क्रिकेट स्कटल्याण्डले जुलाई १ सम्म क्रिकेट गतिविधि गर्न रोक लगाएको छ ।
आईसीसी विश्व क्रिकेट लिग-२ खेलिरहेको स्कटल्याण्डले घरेलु सिरिज अघि अष्ट्रेलियासँग खेल्ने तालिका बनाएको थियो ।
लिग-२ अन्तर्गत स्कटल्याण्डले घरेलु मैदानमा नेपाल र नामिबियासँग खेल्ने तालिका रहेको थियो ।
तर, आईसीसीले उक्त सिरिज स्थगित गरिसकेको छ ।







-1763733911749.jpg&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)

-1763772456514.webp&w=3840&q=75)


