एजेन्सी । कोरोना भाईरसबाट प्रभावित मानिसलाई सहयोग गर्ने उदेश्यले दक्षिण अफ्रिका क्रिकेटले नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्ने भएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले बुधबार तीन टिमले खेल्ने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिताको घोषणा गरेको हो ।
सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिता जुन २७ मा सेन्चुरियनमा हुनेछ ।
एबी डी भिलियर्स, क्विनटन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन टिमले एक खेल खेल्नेछ ।
तीन इनिङ्स १२ ओभरको हुने खेलमा ६ ओभरमा हाल्फ हुनेछ ।
एस्बत उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।