काठमाडौं । ब्रिटिस स्कुलकी सम्राग्री लामा र काष्टमण्डपकी करिमिस्ता श्रेष्ठ ११ औं एलए जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स यु–८ को अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन् ।
अर्को सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुमा काष्टमण्डपकै प्रान्जना मानन्धर र सेल्भी गुरुङ्ग रहेका छन् । यस्तै सोही समूहको ब्वाईजतर्फ न्यू होराईजनका यमन राना अन्तिम आठमा प्रवेश गरेका छन् ।
अन्तिम आठमा स्थान बनाउने अन्यमा नेपाल पुलिसका प्रनव घिमिरे, अक्षरा स्कुलका साङ्गे रोक्का र रातो बंगलाका अद्वित नेपाल, न्यू होराईजनका योगेश गुरुङ्ग र काष्टमण्डपका अमरत्य ज्ञवाली रहेका छन् ।
आयोजक एलएको कोर्टमा भएको प्रतियोगिताको ब्वाईज यु –१४ तर्फको खेलमा आयोजक एलएका प्रथम पौडेल क्वाटरफाईनल प्रवेश गरे । यसैगरि सेन्ट जेभियरका अदीप सुवेदी, अरभ सम्राट हाडा तथा नेपाल पुलिसका सरोज तामाङ्ग र चिराग तिमल्सिना, रातोबङ्गगलाका आयुष्मान नेपाल र काष्टमण्डपका सरद आनन्धर पनि अन्तिम ८ मा स्थान बनाउन सफल भए ।