एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रेले १४ महिनापछि ग्राण्डस्लाम टेनिस खेल्ने भएका छन् । मुर्रेले आगामी सोमबार सुरु हुने युएस ओपन खेल्दै ग्राण्डस्लाम प्रतियोगितामा पुनरागमन गर्ने छन् ।
हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका थिए । तर, मुर्रेले ग्राण्डस्लाम प्रतियोगिता खेलेका थिएनन् । मुर्रेले पछिल्ला एक महिनामा साना प्रतियोगिता भने खेलेका थिए ।
मुर्रेले युएस ओपनको पहिलो चरणमा अष्ट्रेलियाका जेम्स डकवर्थसँग खेल्नेछन । यस्तै दोस्रो चरणमा मुर्रेले तेस्रो वरीयता प्राप्त खेलाडी हुवान मार्टिन डेल पोर्टोसंग खेल्ने छन् ।
मुर्रे यसै महिना अमेरिकामा सम्पन्न वासिङ्गटन ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका थिए । तर, क्वाटरफाइनलबाट उनले नाम फिर्ता लिएका थिए । यस्तै मुर्रेले गत साता सम्पन्न सिनसिनाटी मास्टर्स खेलेका थिए । सिनसिनाटीमा पनि मुर्रे पहिलो चरणबाट बाहिरिएका थिए ।
युएस ओपन अन्तर्गत नै शीर्ष वरीयताका स्पेनिस राफायल नाडालले पहिलो खेलमा डेभिड फेडेररसंग खेल्नेछन् । दोस्रो वरीयताका स्विस रोजर फेडररको पहिलो प्रतिद्वन्द्वी जापानका योसिहितो निसीका रहेका छन् ।