अलीको घरमा चोरी भएपछि लोरिसले किने गार्ड कुकुर !
शनिबार, जेठ ३, २०७७खेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस क्लब टोटेनहमका गोलकिपर ह्युगो लोरिसले ट्रेनिङ प्राप्त गार्ड कुकुर किनेका छन् ।
गत साता टिमका सहकर्मी डेली अलीको घरमा चोरी भएपछि लोरिसले महँगो मूल्यमा कुकुर किनेका हुन् ।
अलीको घरमा बुधबार दुई जनाको समूहले लुटपाट गरेका थिए । उनको केहि गहनाहरु चोरी भएको बताईएको छ ।
लोरिसले घर र आफ्नो सुरक्षाका लागि १५ हजार पाउण्डमा उक्त कुकुर किनेका हुन् ।
फ्रान्सका विश्वकप विजेता गोलकिपर लोरिसले सामाजिक संजालबाट बेल्जियन सेफर्ड जातको गार्ड कुकुर किनेको जनाएका छन् ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)