काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन् ।
पालेम्वाङमा बुधबार भएको खेलमा मायांका र माहिकाको जोडीलाई जापानकी मोयुका उचिजिमा र इरिना हायासीको जोडीले ६–१ र ६–२ को सेटमा पराजित गरे ।
यसअघि मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलमा स्थान बनाएका थिए ।
पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी यसअघि नै भारतीय जोडीसंग ६–१ र ६–१ को सेटमा पराजित भएर बाहिरिसकेका छन् ।