काठमाडौं । खेलकुद पोशाक निर्माण कम्पनि स्पोर्ट्स कन्दुका ट्रेलर्सले कोराना संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्ने स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट (पीपीई) को उत्पादन थालेको छ ।
भक्तपुरको बालकोटमा रहेको कन्दुका ट्रेलर्सले शनिबारबाट पीपीईको उत्पादन सुरु गरेको हो । कन्दुकाले सुरुवातमा परिक्षणका लागि ४ वटा पीपीई तयार पारेको छ ।
खेलकुद सामग्रीको उत्पादन गर्दै अईरहेको कन्दुकाले एक सय थान पीपीई बनाएर सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।
कन्दुका संचालक ज्ञान बिक्रम भुसालले सुरुवातमा ४ वटामात्रै तयार पारेपनि १०० थान बनाउने कपडा रहेको र सबै तयार गरेपछि नेपाल सरकार र हस्पिटललाई चाहिएको अवस्थामा हस्तान्तरण गर्ने बताए ।
‘सुरुवाती चरणका ४ थान मात्रै बनाएका हौं । स्वास्थ्यसँग जानकार बिज्ञलाई लिएर बनाएका छौं । अब अरुपनि बनाएर सरकारलाई हस्तान्तरण गर्नेछौं ’ कन्दुका संचालक भुसालले खेलपाटीसँग भने ।