एजेन्सी । अष्ट्रेलियाका पूर्व स्पिनर ब्राड हगले भारतीय युवा क्रिकेटर ऋषभ पन्तलाई मनोवैज्ञानिक प्रशिक्षकको आवश्यकता रहेको बताएका छन् ।
हगले पन्त उत्कृष्ट ब्याट्सम्यान रहेको र मनोवैज्ञानिक प्रशिक्षकको सहयोगमा उनले अझ राम्रो प्रदर्शन गर्न सक्ने बताएका हुन् ।
पछिल्लो समय पन्त उत्कृष्ट लयमा छैनन् । त्यसैले उनले सिमित ओभरको खेलमा स्थान बनाउन सकेका छैनन् । हालसाललै भएको न्युजिल्याण्ड भ्रमणमा टेष्ट सिरिज खेल्ने मौका पन्तले पाएका थिए । तर, उनी सफल हुन् सकेनन् ।
ट्वीटरमा एक समर्थकले 'पन्त कसरी एउटा उत्कृष्ट क्रिकेटर बन्न सक्छन् ?' भन्ने प्रश्नमा हगले मनोवैज्ञानिक प्रशिक्षकको सहयोगमा अझ राम्रो प्रदर्शन गर्न सक्ने बताएका हुन् ।
'जब पन्त क्रिजमा आउँछन्, तब म टिभि खोल्छु,' हगले भने, 'उनी (पन्त) इन्टरनेट हुन् । उनीसँग धेरै प्रतिभा रहेको कारण मैदानमा के गरौँ भन्ने सोच्न सक्दैन् । त्यसैले एउटा मनोवैज्ञानिक प्रशिक्षकको सहयोगमा पन्तले यसबाट छुट्कारा पाउन सक्छन् ।'
भारतीय टेष्ट टिममा विकेटकिपर पन्त र रिद्दिमान शाहबीच कडा प्रतिष्पर्धा हुने गरेको छ । किनकि यी दुई मध्य एक खेलाडीले प्लेइङ-११ मा स्थान बनाए अर्को खेलाडी वैकल्पिकमा रहने गरेका छन् ।
सिनियर विकेटकिपर शाहले सधैँ पन्तलाई विकेट्किपिङमा सहयोग गर्दै आएका छन् ।