एजेन्सी । शाकिब अल हसन आज ३३ वर्षको भएका छन् ।
अहिले उनी म्याच फिक्सिङको आरोपमा एक वर्षे निलम्बन बिताइरहेका छन् ।
तर, त्यसले शाकिबलाई सबै खाले क्रिकेटमा विश्वका एक उत्कृष्ट अलराउण्डर हुन् भन्नेमा शंका उत्पन्न हुन दिएका छैनन् ।
यस्तै उनी बंगलादेशले पाएको हालसम्मको सफल क्रिकेटर हुन् भन्नेमा समेत दुबिधा छैन ।
अलराउण्डरको क्वालिटी जाँच गर्नु सधैं राम्रो हुन्छ अझ टेष्ट क्रिकेटमा ।
ब्याटिङ औषत ३९ दशमलब ४ र बलिङ औषत ३१ दशमलब १२, शाकिब अहिले विश्व भरका अलराउण्डर मध्ये शीर्ष स्थानमा छन् जँहा ८ दशमलब २७ को फरक रहेको छ ।
दोस्रो स्थानको बेन स्टोक्सको फरक भने ३ दशमलब ८६ मात्र रहेको छ । सन् २००० को सुरुवाती खेलहरु हेर्ने हो भने जसले २ हजार रन र १०० विकेट लिने खेलाडी मधे शाकिब मात्र दक्षिण अफ्रिकाका ज्याक कालिस भन्दा पछि रहेका छन् ।
यस्तै सबै अलराउण्डरको आंकडा हेर्दा समेत शाकिबले राम्रो स्थान बनाउन सक्छन् । मात्र ५ अलराउण्डरले ब्याटिङ र बलिङ औषतमा फरक बनाउन सफल छन् । जसमा टोनी ग्रिग (फरक औषत ८.२३), इयान बोथाम (५.१४), रिचार्ड हड्लि (४.८६),क्रिस क्यार्न्स (४.१३) र कपिल देव (१.४) ।
यो प्यारामिटरमा एकदिवसीय अन्तराष्ट्रिय खेलको मापन गर्ने हो भने समेत शाकिब शीर्ष मध्येकै पर्छन् । टेष्टमा जस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा समेत ५ खेलाडी पछि शाकिब नै आउने छन् ।
टेष्ट क्रिकेटमा शतक बनाएर १० विकेट लिनु निकै चुनौतिको कुरा हो । त्यसको मतलब एक खेलाडीले टेष्ट क्रिकेटमा कम्तिमा २ वा ३ इनिङमा मुख्य भूमिका खेल्नु पर्छ ।
टेष्ट क्रिकेटमा दश पटक तेहोरो शतक बनाएका मध्ये अलराउण्डरले सायदै दोहोरो शतक बनाउने गर्छन् ।
जिम्बाबेविरुद्ध, शाकिबले यो स्थान हाँसिल गरेका थिए जहाँ हालसम्म इयान बोथाम र इमरान खानले मात्र हाँसिल गरेका छन् । शाकिबले उक्त खेलमा पहिलो इनिङमा १ सय ३७ रन बनाएका थिए । र दुई इनिङ्समा ५/५ विकेट लिंदै बंगलादेशलाई १ सय ६२ रनको जित दिलाएका थिए ।
यदि अझै प्रमाण चाहिन्छ भने यो पनि हेर्नुहोस, जहाँ शाकिब सबै क्रिकेटमा उत्कृष्ट अलराउण्डर हुन् भनी जनाउँछ ।
टेष्ट क्रिकेटमा ३ हजार रन र २ सय विकेट लिने शाकिब सर्वाधिक छिटो खेलमा सफलता हात पार्ने खेलाडी हुन् । उनले ५४ औं टेष्ट क्रिकेटमा यो सफलता हात पारेका थिए जुन बोथाम भन्दा एक टेष्ट कम हो ।
शाकिबले सन् २००६ अगष्ट ६ मा एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेपछि मात्र ३ खेलाडी (विराट कोहली, एबी डी भिलियर्स र तिलकरत्ने दिल्सान) ले सर्वाधिक म्यान अफ दि म्याच अवार्ड पाएका छन् ।
एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ हजार रन र २ सय ५० विकेट लिने शाकिब विश्वका पाँचौं खेलाडी हुन् ।
सबै खाले क्रिकेटमा सर्वाधिक रन बनाउने र विकेट लिने बंगलादेशको खेलाडी सूचीमा शाकिब सबैको शीर्ष तीन भित्र रहेका छन् ।
-क्रिकइन्फोको सहयोगमा