एजेन्सी । बंगलादेशका स्टार अलराउण्डर क्रिकेटर शाकिब अल हसन अमेरिकाको एक होटलमा आईसोलेसनमा बस्नु परेको छ ।
छोरि र श्रीमती भेट्न अमेरिका पुगेका शाकिब अमेरिकाको एक होटलमा सेल्फ आईसोलेसनमा बस्नु परेको हो ।
शाकिबले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै अमेरिकाको एक होटलमा आफु आईसोलेसनमा रहेको जनाएका छन् ।
भिडियोमा शाकिबले आफु केहि दिन अगाडी मात्र अमेरिका पुगेको समेत बताएका छन् । कोरोना भाईरसको बढ्दो त्रासको कारण उनले आफुलाई १४ दिनको लागि सेल्फ आईसोलेसनमा राखेको बताए ।
शाकिबले आफु आईसोलेसनमा रहेको कारण आफ्नो पत्नी र छोरीसँग भेट्न नपाउनु दु:ख लागेको समेत बताए । यस्तै उनले समर्थकलाई अरुसँग बोल्दा सावधानी अपनाउन सल्लाह दिएका छन् ।
'यहाँ आएपछि म आफ्नो छोरी र पत्नीलाई भेटेको छैन,' भिडियोमा शाकिबले भने, 'यो पल मेरो लागि निकै मुश्किल समय हो तर मेरो परिवारको सुरक्षाको लागि यस्तो गर्ने पर्छ ।'
शाकिबले समर्थकलाई विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको सुरक्षा निर्देशनको पालना गर्न समेत आग्रह गरेका छन् । यस्तै उनले विदेश हिड्ने व्यक्तिलाई १४ दिन आफै आईसोलेसनमा बस्न समेत आग्रह गरेका छन् ।
कोरोना भाईरसको संक्रमण विश्वमा तीव्र गतिमा फैलिएको छ । हालसम्म ४ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । कोरोनाको कारण १६ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ ।
कोरोना नियन्त्रणका लागि अधिकांश देशहरु लकडाउन गरिएको छ ।