एजेन्सी । इंग्ल्यान्डको काउन्टी क्रिकेट क्लब ग्लूस्टरशायरले ओपनर ब्याट्सम्यान मिल्स हामोण्डसँगको सम्झौता नवीकरण गरेको छ ।
ग्लूस्टरशायरले सन् २०२२ सम्म क्लबमा रहने गरि हामोण्डको अनुबन्ध थप गरेको हो । क्लबसँगको नयाँ सम्झौतासँगै हामोण्ड सन् २०२२ को अन्त्यसम्म क्लबमा रहने छन् ।
२४ वर्षे बायाँ हाते ब्याट्सम्यानले २६ फस्ट क्लास क्रिकेट खेलिसकेका छन् । उनले सन् २०१३ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए ।
क्लबसँग सम्झौता गरेपछि हामोण्डले मैदान फर्कन आतुर रहेको र आफुलाई विश्वास गरेको क्लबलाई धन्यवाद दिए ।
यस्तै क्लबले उनी एक क्षमतावन खेलाडी रहेको कारण मौका दिएको बताएको छ ।