एजेन्सी । श्रीलंकाका पूर्व क्रिकेटर कुमार संगाकारा कोरोना भाईरसलाई मध्येनजर गर्दै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
युरोपको भ्रमणबाट फर्किएका संगाकारा कोलम्बोमा १४ दिन क्वारेन्टाइनमा बसेका हुन् ।
संगाकारा कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बसेको भने हैन । श्रीलंका सरकारले विदेशबाट फर्किएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएपछि संगाकारा क्वारेन्टाइनमा बसेका हुन् ।
'मलाई कुनै लक्षण देखिएको छैन । तर, सरकारको नियमलाई मैले अनुशरण गरेको हु,' संगाकाराले भनेका छन् ।
४२ वर्षे कमेन्टेर संगाकारा लण्डनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइनमा बसेका हुन् ।
चीनबाट फैलिएको कोरोनाको विरामी श्रीलंकामा पनि देखिएको छ ।