एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यवहार भएको छ ।
२४ वर्षीय आर्चरले आफुलाई सामाजिक संजालमा रंगभेदी दुर्व्यवहार भएको बताएका छन् ।
आर्चरले आफुलाई आएको रंगभेदी दुर्व्यवहारसहितको सन्देश इन्स्टाग्राममा पोस्ट गर्दै दुर्व्यवहारको भर्त्सना गरेका छन् ।
सन् २०१९ को विश्वकप विजेता टिममा सदस्य आर्चरले आफुलाई यस्तो दुर्व्यवहार कहिलै मान्य नहुने समेत लेखेका छन् ।
'मैले कहिलै बुझ्न सकिन किन मानिसहरु अन्य मानिसलाई स्वतन्त्र यस्ता कुराहरु गर्न सक्छन,' आर्चरले लेखेका छन् ।
आर्चरलाई रंगभेदी दुर्व्यवहार भएको यो पहिलो पटक भने होइन । यस अघि न्युजिल्याण्डविरुद्धको टेष्ट दौरान समेत उनलाई रंगभेदी दुर्व्यवहार भएको थियो ।