एजेन्सी । अमेरिकामा जारी सिनसिनाटी मास्टर्स टेनिसको उपाधिको लागि रोजर फेडेरर र नोभाक जोकोभिचले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिकाको ओहियोमा आइतबार बिहान भएको सेमिफाइनलमा स्विस स्टार फेडेररले बेल्जियमका डेभिड गोफिनबाट वाकोभर पाउदै फाइनलमा स्थान बनाएका हुन् ।
दोस्रो बरियताका फेडेररले पहिलो सेट जित्दै १ – ० को अग्रता बनाएको स्थितिमा गोफिन रिटायर्ड भएका थिए । आठ पटकको बिजेता ३७ बर्षीय फेडेररले अब जोकोभिचसंग फाइनलमा खेल्नेछन् ।
सर्बियाका जोकोभिचले मारिन सिलिकलाई हराएर फाइनलमा स्थान बनाएका हुन् । पुर्व विश्व नम्बर एक जोकोभिचले सिलिकलाई ६ – ४, ३ – ६ र ६ – ३ ले हराए ।
महिलातर्फको फाइनलमा विश्व नम्बर एक सिमोना हालेप र नेदरल्याण्डकी किकी बेर्टेन्सले प्रतिस्पर्धा गर्नेछन् ।
रोमानियाकी हालेपले अर्याना सबलेन्कालाई हराईन् । यस्तै बेर्टेन्सले चेक रिपब्लिककी पेट्रा केभिटोभालाई हराईन् ।