काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी खेलाडीको वरीयतामा नेपालका पारस खड्काको वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता १२ स्थान खस्किएको हो ।
ब्याटिङ वरीयतामा पारस ७५ औं स्थानमा रहेका छन् । यसअघि उनी ६३ औं स्थानमा रहेका थिए । थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा खराब प्रदर्शन गरेपछि पारसको वरीयता झरेको हो ।
नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयतामा भने दुई स्थान सुधार भएको छ । नयाँ वरीयतामा सन्दीप ८४ औं स्थानमा उक्लिएका छन् । यस अघि सन्दीप ८६ औं स्थानमा रहेका थिए ।
पारसको अलराउण्डरतर्फको वरीयता यथावत रहदा करण केसीको वरीयता भने खस्किएको छ । पारस २६ औं र करण ८८ औं स्थानमा रहेका छन् ।
यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरीयता यथावत रहेको छ । उनी ७३ औं स्थानमा रहेका छन् ।
टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।