एमबाप्पेको ह्याट्रिकमा पीएसजी फाइनलमा
बिहिबार, फागुन २२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो सराबिया र नेयमारले एक एक गोल गरे ।

लियोनका मार्टिन टेरीएरले एक गोल फर्काए ।
यस्तै खेलको ६१ औं मिनेटमा फर्नान्डो मार्कलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
लियोनको मैदानमा एक गोलको अग्रता उल्टाएर पीएसजीले फराकिलो जित निकालेको हो ।
अब पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग खेल्नेछ ।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

