हिमाल एन्ड रक्षलाई वेगनास कपको उपाधि

पोखरा । दोस्रो संस्करणको सेभेन ए साईड वेगनास कप फुटबलको उपाधि हिमाल एन्ड रक्ष मेमोरियलले जितेको छ।
शनिबार भएको फाइनलमा शिशुवा एफेसीलाई १-० गोल अन्तरले पराजित गर्दै हिमाल एन्ड रक्षले उपाधि जितेको हो ।
हिमालको जितमा बेल प्रसाद गुरुङले निर्णायक गोल गरे ।
उपाधिसँगै हिमाल एन्ड रक्ष मेमोरियलले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गरेको छ । उप विजेता बनेको शिशुवाले ५५ हजार ५ सय ५५ प्राप्त गर्यो ।
महाशिवरात्रीको अवसरमा वेगनास ताल किनारमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी बेगनास रेडका सन्तोष गुरुङ चुनिए उनले कृशाला स्मार्ट वर्ल्ड पृथ्वीचोकको तर्फबाट एउटा स्मार्ट फोन समेत प्राप्त गरे । यस्तै सर्वाधिक गोलकर्ता हिमालका बेल र उत्कृष्ट गोलरक्षक शिशुवाका रोशन क्षेत्रीले हात पारे। उनीहरुले जनही ५/५ हजार प्राप्त गरे ।
त्यस्तै अनुशासित टिमको उपाधि राईजिङ स्टार युथ क्लबले प्राप्त गरेको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहेको थियो।
सोही कार्यक्रममा स्वर्गीय धन बहादुर गुरुङको स्मृतिमा आयोजित छेलो प्रतियोगिताको उपाधि लमजुङका सुभाष बिकले जितेका छन् । उनले साढे सात केजीको छेलोलाई १६ मिटर १० ईन्च टाढा फालेर उपाधी कब्जा गरेका हुन्। उनले उपाधिसंगै नगद २० हजार हात पारे ।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

