काठमाडौं । दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलको पहिलो दिन नेक्सस क्रिकेट एकेडेमीले सामान्य अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार नेक्ससले हिमालयन क्रिकेट एकेडेमी (एचसिए) विरुद्ध ३८ रनको अग्रता बनाएको छ ।
हिमालयनलाई पहिलो इनिङ्समा सस्तैमा समेटेर आफ्नो दोस्रो इनिङ्स थालेको नेक्ससले पहिलो दिनको समाप्तिमा बिना विकेटको क्षतीमा २१ रन बनाएको छ । उसका रित गौतम १३ रनमा अविजि रहदा विपीन विक्रम साही ८ रनमा अविजित छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो । उसका आकाश चन्दले २१ रन जोड्दा सनोज केसीले अविजित २० रन बनाए । हिमालयनका सन्दीप खड्काले ५ विकेट लिए । प्रकाश कार्कीले ३ विकेट लिए ।
यस्तै हिमालयनले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो । उसका रजत तिमल्सिनाले ४५ रन जोड्दा दिपक बोहराले २५ रन बनाए । सन्दीप शाहीले २१ रन जोडे । नेक्ससका नरेन साउदले ७ विकेट लिए । क्रिस कार्कीले २ विकेट लिए ।
हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याटसम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।